Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन २०८२

भक्तपुर– २ मा समानुपातिकतर्फको मतगणना सम्पन्न

भक्तपुर– २ मा समानुपातिकतर्फको मतगणना सम्पन्न

  • भक्तपुर । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३२२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिइन् । 
        
    नेपाली कांग्रेसले आठ हजार ७७८, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आठ हजार ३९०, नेमकिपाले तीन हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले एक हजार ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले दुई हजार ८३२, श्रम संस्कृति पार्टीले एक हजार ७५ मत प्राप्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा आज बिहान ११ः०० बजेदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको छ । दिउँसो १ः०० रास्वपाले ११ हजार ७११ मत ल्याएर पहिलो बनेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम बिसीले जानकारी दिए । 
        
    त्यस्तै नेपाली कांग्रेसले एक हजार ५६५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले एक हजार ६५, नेमकिपाले तीन हजार ६५४, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले ३२७, राप्रपाले ७३१, श्रम संस्कृति पार्टीले १९२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ मा मतगणना जारी रहेको उनले जानकारी दिए ।
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij