Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कार्की नेतृत्वको आयोगको सिफारिस

'ओलीलाई फौजदारी कसूरको अभियोग'

'ओलीलाई फौजदारी कसूरको अभियोग'

  • काठमाडौं । भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी कसूरको अभियोग लगाएर मुद्दा चलाउन सिफारिस गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी कसूरको अभियोग लगाएर मुद्दा चलाउन सिफारिस गरेको छ ।

    AGNI GROUP

    स्रोतका अनुसार आज प्रधानमन्त्रीलाई बुझाइएको जाँचबुझ प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय स्तरमा जिम्मेवार ठहर गर्दै कारवाही गर्न सिफारिस गरिएको छ । तत्कालीन काठमाडौं जिल्ला सुरक्षा समितिका प्रमुखलाई जिल्लास्तरमा जिम्मेवार ठहर गरेर कारवाही सिफारिस गरिएको छ ।

    सरकारले यो प्रतिवेदन कार्यान्वयन गरेमा तत्कालीन प्रधानमन्त्री ओलीलाई फौजदारी अभियोग लगाएर मुद्दा चलाउन सकिन्छ । धेरैजसो फैजदारी कसूरमा आरोपीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा अगाडि बढाउने कानुनी व्यवस्था भएकोले उनीविरुद्ध लगाइने अभियोग हेरेर अदालतले उनलाई जेलमै राखेर मुद्दा चलाउने आदेश पनि दिन सक्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij