Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनसरी १

हर्कको जीतको हाजिरी

हर्कको जीतको हाजिरी

  • विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी भएका छन् । उनले ८ हजार ४ सय ९२ मतान्तरले विजयी भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले  २७ हजार २४९ मत प्राप्त गरिन् । धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।

    AGNI GROUP

    सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिका मांगलेनले  ६ हजार ३३१ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् । साम्पाङले जेन्जी आन्दोलन पछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका थिए ।

    पार्टी दर्ता भएको केही महिनामै उनको पार्टीले प्रत्यक्ष तर्फ दुई सिट जितेको छ । सो पार्टीका महासचिव आरेन राई खोटाङबाट विजयी भएका छन् ।

    यस्तै भोजपुरमा ध्रुव राईले अग्रता लिएका छन् । जेन्जी आन्दोलन पछि साम्पाङ प्रधानमन्त्री हुन काठमाडौं गएका थिए । प्रधानमन्त्री बन्न नपाएपछि पार्टी दर्ता गराउँदै चुनावी अभियानमा होमिएका थिए । उनी ७९ को निर्वाचनमा धरानमा स्वतन्त्र उम्मेदवार बनेका थिए । धरानमा देखिएको खानेपानीको समस्यालाई प्रमुख एजेन्डा बनाएका साम्पाङले स्वतन्त्र रूपमा उम्मेदवारी दिँदै जित निकालेका थिए ।

    उनले २०८२१ मत ल्याउँदै विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६०५९ मत प्राप्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij