Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समानुपातिकमा पनि रास्वपा अगाडी, कुन दलले कति पाए ?

समानुपातिकमा पनि रास्वपा अगाडी, कुन दलले कति पाए ?

  • काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २० लाख ३९ हजार ५४३  मत गणना भएको छ ।

    AGNI GROUP

    जसमा रास्वपाले ११ लाख १ हजार ५२५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५४ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले ३ लाख ६२ हजार ४२० मत अर्थात १७.८ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले २ लाख ९१ हजार १५१ अर्थात् १४.३ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले १ लाख २७ हजार १९१ मत प्राप्त गरेको छ भने राप्रपाले ७८ हजार ३२४ मत पाएको छ ।   

    त्यस्तै श्रम संस्कृति पार्टीले ४५ हजार ९४ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले २५ हजार २०८ मत प्राप्त भएको छ । त्यसैगरी जसपा नेपालले १६ हजार ७१८ मत प्राप्त गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij