Jun 06 2026 | २०८३, जेठ २३ गते
जुम्ला । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीको अग्रता कायमै छ ।
उहाँले १ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । नेकपाका नरेश भण्डारीले ७ सय ३५ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म ज्ञानबहादुर शाही ७ सय १४ मतका साथ अगाडि हुनुहुन्छ ।
नेपाली कांग्रेसका दीपबहादुर शाहीले ३४० मत प्राप्त गर्नुभयो । एमालेका शान्तिलाल महतले १ सय १० मत प्राप्त गर्नुभएको छ । रास्वपाका विनिता कठायतले २३ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म २ हजार ७ सय ७८ मत गनिएको छ । जुम्लाको १ सय १० मतदान केन्द्रमा ४० हजार ८ सय ९७ मत खसेको थियो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले १ मत र जनता दलका रनिल बिक्रम शाहीले १ मत प्राप्त गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij