Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

म्यानमारमा इन्टरनेट सेवा बन्द ,सेनाका बख्तरबन्द गाडी सडकमा

म्यानमारमा इन्टरनेट सेवा बन्द ,सेनाका बख्तरबन्द गाडी सडकमा

  • काठमाडौं  म्यानमारको थुप्रै शहरमा सेनाको कूको विरोधमा प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनलाई निस्तेज पार्न म्यानमारमा गएराती १ बजेदेखि इन्टरनेट सेवा बन्द छन् । शहरका सडकमा सेनाका बख्तरबन्द गाडी देखिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    म्यानमारको सेनाले आङ सान सूकीको नेतृत्व रहेको सरकारविरुद्ध कू गरेको थियो । १ फेब्रुअरीमा सैन्य कूपछि देशमा भइरहेको विरोध प्रदर्शनलाई समाप्त गर्ने संकेतको रुपमा हेरिएको बताइएको छ ।

    AGNI GROUP

    प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको खबर पनि बिभीन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

    त्यस्तै, म्यानमारका लागि संयुक्त राष्ट्रका विशेष प्रतिनिधि टम एन्ड्र्यूजले सेनाले जनताविरुद्ध युद्धको घोषणा गरेको बताएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै संयुक्त राष्टका एक अधिकारीले म्यानमारको सेनामाथि मानिसहरुविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् । उनले अगाडी लेखेका छन्, सेनापतिहरूले म्यानमारका जनता विरूद्ध युद्धको घोषणा गरेका छन्, राती अबेर छापा मारिँदैछ, इन्टरनेट बन्द गरिएको लगायत यस्तो लागिरहेको छ कि सेनाका जनरल हताश भएका छन् ।

    साथै, अमेरिका बेलायत र युरोपेली संघले एक विज्ञप्ती जारी गर्दै, ‘हामी सुरक्षाबलसँग अपिल गर्छौं कि उनीहरुले गणतान्त्रिक सरकारको कू पछि विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध हिंसा नगरुन् ।’

    म्यानमारको सेनाले यही माघ १९ गते सोमवारका दिन देशमा सैन्य कू लागू गरेको थियो । आङ सान सू की लगायत देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैनिकले सत्ता आफ्नो हातमा लिएपछि म्यानमारको माहोल अस्तव्यस्त बनेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij