Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । मधेस प्रदेशको धनुषा- १ को मतगणना तत्काल शुरु नहुने भएको छ ।
यस क्षेत्रमा रास्वपाका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी रद्द भएका कारण मतगणनामा विवाद भएको थियो । विवाद पछि निर्वाचन अधिकृतको कार्यालय धनुषाले निर्वाचन आयोगमा मतगणना बारे स्पष्ट निर्देशन माग गरेकोमा आयोगले निर्देशन नदिएका कारण तत्कालका लागि मतगणना स्थगित भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले आयोगबाट निर्देशन नआएसम्म मतगणना नहुने जानकारी गराएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij