Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

चितवन २ मा रवि लामिछानेको अग्रता बढ्दै

चितवन २ मा रवि लामिछानेको अग्रता बढ्दै

  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्रस्थानमा रहेका छन् । उनले अरू दलका उम्मेदवारको तुलनामा मत बढाउँदै लगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो मतपरिणामअनुसार लामिछानेले ६ हजार सात सय मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै अस्मिन घिमिरेले दुई हजार ३२९ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

    AGNI GROUP

    त्यसैगरी, नेपाली कांग्रेसकी मीना खरेलले दुई हजार २२२ मत प्राप्त गरेकी छिन् भने नेकपाका प्रताप गुरुङले एक हजार ५५८ मत पाएका छन् । मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij