Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेशका अधिकांश क्षेत्रमा मतगणना सुरु

मधेशका अधिकांश क्षेत्रमा मतगणना सुरु

सप्तरीका चारै क्षेत्रमा अझै बाँकी

  • जनकपुरधाम । मधेश प्रदेशका अधिकांश प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आंशिक मतगणना सुरु भएको छ । तर सप्तरीका चारै निर्वाचन क्षेत्रमा भने मतगणना अझै सुरु हुन बाँकी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    सिरहामा रहेका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भइसकेको छ । त्यस्तै धनुषाका चारमध्ये तीन नम्बर निर्वाचन क्षेत्रमा मतगणना मात्रै सुरू भएको छ भने १, २ र ४ नम्बर क्षेत्रमा अझै बाँकी छ ।

    AGNI GROUP

    महोत्तरीमा हालसम्म दुई निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ भने बाँकी दुई क्षेत्रका मतपेटिका खोल्न बाँकी रहेको छ ।

    चर्चित जिल्लाका रूपमा रहेको सर्लाही मा चारवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। त्यसमध्ये क्षेत्र नम्बर ४ मा केही बेरअघि मात्रै गणना सुरु भएको जानकारी प्राप्त भएको छ ।

    त्यसैगरी रौतहटको निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ मा मतगणना सुरु भएको छ भने माधव कुमार नेपाल उम्मेदवार रहेको क्षेत्र नम्बर १ मा भने मतगणना सुरु हुन बाँकी रहेको छ ।

    बाराका तीन निर्वाचन क्षेत्रमा मतगणना जारी छ भने पर्सा का निर्वाचन क्षेत्र नम्बर १ र २ मा पनि मतगणना भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij