Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मतपत्र ठेली लुट्नेमाथि मुद्दा चल्ने

मतपत्र ठेली लुट्नेमाथि मुद्दा चल्ने

  • काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रबाट मतपत्रको ठेली नै लुटेर भागेकामाथि मुद्दा चल्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुथ कब्जा गर्नको लागि मतपत्रको ठेली बोकेर हिँडेका नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीमाथि मुद्दा चलाउने तयारी भएको हो ।

    AGNI GROUP

    तीन जनामाथि मुद्दा चले पनि नियन्त्रणमा रहेका अन्य चार जनालाई सोधपुछपछि छाड्ने तयारी भएको छ । यद्यपि, कांग्रेस र नेकपाले भने सबैलाई बिनाशर्त छाड्न माग गरेको छ ।

    यस्तै, स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन् ।

    कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij