Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकमा बिहीबार (फागुन २१) अपराह्न ३ बजेसम्म एक लाख ३२ हजार ४८ मत खसेको छ ।
५९ हजार १८५ महिला र ७२ हजार ८३६ जना पुरुषले मतदान गरिसकेका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार, काभ्रेका ४०० मतदान केन्द्रमा गरी ४१ प्रतिशत मत खसिसकेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij