Jun 06 2026 | २०८३, जेठ २३ गते
सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा मतदान जारी रहेको छ ।
निर्वाचन आयोग कर्णाली प्रदेशका अनुसार प्रदेशभर कुल १० लाख ३७ हजार २५० जना मतदाता रहेका छन् । तीमध्ये अहिलेसम्म ३ लाख १८ हजार ३०२ जनाले मतदान गरिसकेका छन् । जुन कुल मतदाताको करिब ३०.७ ५ हो ।
आयोगका अनुसार सुर्खेत क्षेत्र नम्बर १ मा ३७ हजार ७६० र सुर्खेत क्षेत्र नम्बर २ मा ३९ हजार ७३९ मत खसेको छ । त्यसैगरी दैलेख क्षेत्र नम्बर १ मा १७ हजार ४६० तथा दैलेख क्षेत्र नम्बर २ मा १३ हजार ७१८ मतदाताले मतदान गरेका छन् ।
त्यस्तै जाजरकोट मा ३६ हजार ४२८, रुकुम पश्चिम मा ५४ हजार ५३० मध्ये ३६ हजार ८३४ मत खसेको छ । कालिकोट मा २२ हजार ६७८, जुम्ला मा २२ हजार ३८४, मुगु मा १३ हजार ५३१, डोल्पा मा ८ हजार २११ र हुम्ला मा १५ हजार २९ मत खसेको आयोगले जनाएको छ ।
निर्वाचन आयोग कर्णाली प्रदेशका अनुसार प्रदेशभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ र मतदाताको सहभागिता बढ्दै गएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij