Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । ओखलढुंगामा गोली चलेको भन्दै भ्रामक सूचना पोस्ट गर्ने व्यक्तिको प्रहरीले खोजी गरेको छ ।
ओखलढुंगामा मतदान बिथोल्ने प्रयास, गोली लागेर एक घाइते भन्ने सूचना पूर्ण रुपमा भ्रामक रहेको प्रहरीले जनाएको छ । आज बिहान सुशासन संचार नामक फेसबुक पेजले उक्त पोस्ट गरेकाे थियाे ।
हालसम्म ओखलढुंगा जिल्लामा मतदान कार्यक्रम शान्तपुर्ण वातावरणमा भइरहेको कार्यालय प्रमुख डीएसपी मदन केसीले जानकारी दिए गलत अफवाह फैलाउने व्यक्तिको खोजी भइरहेको उनले बताए ।
भ्रामक समाचार पोस्ट गर्ने ती व्यक्तिको त खोजतलास गरी कानुन बमोजिम आवश्यक कारवाही गरिने उनले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij