Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दाङका निकुञ्च प्रभावितले गरे मतदान बहिष्कार

दाङका निकुञ्च प्रभावितले गरे मतदान बहिष्कार

  • दाङ । दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन् । दाङ मध्यवर्ती क्षेत्र बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्र र बबई-१ मा रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा समाचार तयार पार्दासम्म एक जनाले पनि मतदान गरेका छैनन् ।

    onlinepatrika
    Arghakhachi

    मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार साढे १० बजेसम्म बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्रमा मतदाता आएका छैनन् । मतदान केन्द्र सुनसान छ । यहाँ ६८२ मतदाता रहेका छन् ।

    AGNI GROUP

    त्यस्तै बबइ-१ को एउटा केन्द्रको अवस्था पनि यस्तै छ । अहिलेसम्म मतदाता आएका छैनन् । जनता आधारभूत विद्यालयमा ५३० मतदाता रहेका छन् ।

    निकुञ्च प्रभावित संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुरले राङु मगरले आफूहरुले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताउँदै मतदान नगर्ने अनलाइनखबरलाई बताए । ‘हाम्रो माग सम्बोधन नभए मतदान नगर्ने घोषणा गरेका थियौं’, उनले भने, ‘हाम्रो कुरा सुनुवाइ भएन । गाउँले सबैले सल्लाह गरेर चुनावमा मतदान नगर्ने निर्णय गरेका छौं ।’

    लामो समयदेखि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत पीडितहरुले चुनाव बहिस्कार गर्ने चेतावनी दिँदै आएका थिए ।

    दाङका साविकका पञ्चकुले र पुरन्धारा गाविसका केही भू-भागहरूलाई मध्यवर्ती क्षेत्रका रूपमा घोषणा गरिएको थियो । त्यस क्षेत्रमा निकुञ्ज घोषणासँगै वन्यजन्तु वृद्धि भएकाले विभिन्न आफूहरु पीडित भएको स्थानीयको भनाइ छ ।

    वन्यजन्तु बाघकोसमेत आतंक बढेको स्थानीय सञ्चारकर्मी प्रेम पुनले बताए । वन्यजन्तुले बालीनाली र घरपालुवा पशुपन्छी खाइदिने समस्या लामो समयदेखि भोग्दै आएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij