Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

परिचय खुल्ने यी ६ प्रकारका परिचय पत्रले पाइन्छ मतदान गर्न

परिचय खुल्ने यी ६ प्रकारका परिचय पत्रले पाइन्छ मतदान गर्न

  • काठमाडौँ । आज देशका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगले मतदान गर्न जाँदा मतदाताहरूले आफ्नो परिचय खुल्ने ६ प्रकारका परिचय पत्रले मतदान गर्न पाइने स्पष्ट गरेको छ । आयोगले मतदाता परिचयपत्र बाहेक अन्य परिचय खुल्ने कागजले पनि मतदान गर्न पाइने स्पष्ट गरेको छ ।

    AGNI GROUP

    आयोगका अनुसार मतदाता परिचय पत्र बाहेक नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रले पनि मतदान गर्न पाइने व्यवस्था गरेको छ ।

    मतदान केन्द्रमा महिला र पुरूषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने आयोगले देशका सबै मतदान केन्द्रमा शारीरिक रूपमा अशक्त भएका, वृद्धवृद्धाहरू, गर्भवती महिला, सुत्केरी महिला र शारिरीक रूपमा आफैले आफ्नो मतदान गर्न नसक्ने व्यक्तिहरुको लागी विशेष व्यवस्था गरेको छ ।

    शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्ने आयोगले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij