Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिहंदरबमा भोली हुने निर्वाचनको सुरक्षा चुनौती, तयारी बारे छलफल भएको बताइएको छ ।
राष्ट्रिय सुरक्षा परिषदका सदस्य सचिव एवं रक्षा सचिव केदारनाथ शर्माका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यबस्थाको समिक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारीहरु पूरा भएको तथा प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रृटिरहित ढंगबाट सम्पन्न गर्ने बिषयमा छलफल भएको छ ।
साथै बैठकमा, राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र अपनाउनु पर्ने भावी रणनीतिहरुको सम्बन्धमा समेत छलफल गरी मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायहरुलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने समेत छलफल भएको शर्माले जानकारी दिएका छन् ।
बैठक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री ( आमन्त्रित सदस्य ), मुख्य सचिव, प्रधानसेनापतिलगायतको उपस्थितिमा सम्पन्न भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij