Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विभिन्न कारणले युएईमा रोकिएका नेपाली नागरिकलाई विवरण उपलब्ध गराइदिन दुताबासको आग्रह

विभिन्न कारणले युएईमा रोकिएका नेपाली नागरिकलाई विवरण उपलब्ध गराइदिन दुताबासको आग्रह

  • काठमाडौँ । आबुधाबीस्थित नेपाली राजदूतावासले हाल संयुक्त अरब इमिरेट्समा विभिन्न कारणले रोकिएका नेपाली नागरिकलाई विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

    onlinepatrika
    Arghakhachi

    राजदूतावासका अनुसार नेपाल फर्कने वा तेस्रो मुलुक जाने क्रममा वर्तमान परिस्थितिका कारण इमिरेट्समै रोकिएका तथा कम्पनीको भिसा रद्द भई नेपाल फर्कन असहज अवस्थामा परेका नेपालीलाई कन्सुलर सेवा विभाग, काठमाडौँको पोर्टलमा नाम दर्ता गर्न यसअघि नै जानकारी गराइएको थियो।

    AGNI GROUP

    यसै क्रममा पर्यटक, भ्रमण वा पारगमन भिसामा रहेका, भिसा अवधि सकिएका तथा तत्काल नेपाल फर्कन चाहने विद्यार्थीलाई यथाशीघ्र अनलाइन फाराममार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ । राजदूतावासले सम्बन्धित सबैलाई समयमै विवरण बुझाई आवश्यक सहयोगका लागि पहल गर्न आग्रह गरेको छ ।

    दुताबासले यो लिङ्क https://forms.gle/TGTTepHBTnojeAu17 मार्फत विवरण उपलब्ध गराइदिनु हुन अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij