Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

नेकपाका उम्मेदवार 'होक्सी बम' सहित पक्राउ

नेकपाका उम्मेदवार 'होक्सी बम' सहित पक्राउ

  • काठमाडौँ । पर्सा- २ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई पर्सागढी नगरपालिका–बढनिहार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

    onlinepatrika
    Arghakhachi

    पर्सा प्रहरीक उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीमा शंकास्पद वस्तु भेटिएको बताएको छ । जाँचका क्रममा ‘होक्सी बम’ फेला परेको र नेपाली सेनामार्फत उक्त वस्तु डिस्पोज गराइसकिएको उनले जानकारी दिए ।

    AGNI GROUP

    चौधरीसहित गाडीमा सवार अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा प्रसौनीका २६ बर्षिय आलम अन्सारी, धनुषाधामका ३० बर्षिय सुरज कार्की र पर्सागढ़ीका ६८ बर्षिय सत्यनारायण थारु रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुर तथा सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीन मुद्दामा अनुसन्धान अघि बढाइएको छ । सो घटनापछि निर्वाचन सुरक्षालाई लिएर पर्सा जिल्लामा सतर्कता थप कडा पारिएको प्रहरीले जानकारी दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij