Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ललितपुरमा दुई अस्थायी मतदान केन्द्र

ललितपुरमा दुई अस्थायी मतदान केन्द्र

  • काठमाडौं । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरका दुई स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ । 

    onlinepatrika
    Arghakhachi

    जिल्ला निर्वाचन कार्यालयका ललितपुरका अनुसार निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले सामानुपातिकतर्फको मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्दै नख्खु कारागार र नमूना मच्छेन्द्र माध्यामिक विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको हो ।

    AGNI GROUP

    ललितपुरमा २ हजार ४९ जना अस्थायी मतदाता कायम भएका छन् । निर्वाचनमा खटिएका कर्मचारीले भने सम्बन्धित मतदान केन्द्रमा नै मतदान गर्न पाउनेछन् ।

    नख्खु कारागारमा रहेका कैदीबन्दी, त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले सोही स्थानबाट मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगको निर्देशिकाअनुसार अस्थायी मतदातालाई समानुपातिकतर्फ मात्र मतदानको अधिकार रहने व्यवस्था छ ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरमा २ लाख ६९ हजार २५६ मतदाता छन् । जिल्लाभर १३१ मतदानस्थल तथा ३१८ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij