Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

वोल्भ्ससँग लिभरपुल स्तब्ध

वोल्भ्ससँग लिभरपुल स्तब्ध

  • काठमाडौँ । प्रिमियर लिगको पुछारमा रहेको वोल्भ्सवुसँग २–१ ले पराजित हुँदै लिभरपुलले फेरि अन्तिम समयमा गोल खाँदै हार बेहोरेको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार राति मोलिन्यु स्टेडियममा भएको खेलमा वोल्भ्सका आन्द्रेले इन्जुरी समयको चौथो मिनेटमा गरेको निर्णायक गोलसँगै लिभरपुल स्तब्ध बनेको हो । उनको प्रहार डिफेन्डरमार्फत दिशा बदलिँदै गोलकिपर एलिसन बेकरलाई छक्याउँदै जाली चुमेको थियो ।

    AGNI GROUP

    यसअघि वोल्भ्सका लागि पहिलो गोल रोड्रीगो गोमेजले गरेका थिए भने लिभरपुलका लागि मोहमद सलाहले बराबरी गोल गरेका थिए। 

    यस सिजन लिभरपुलले ९० मिनेटपछि पाँचौँ पटक गोल खाँदै हार बेहोरेको छ, जुन एकै सिजनमा कुनै पनि टोलीका लागि सबैभन्दा बढी मानिएको छ । यसअघि पनि लिभरपुलले अन्तिम समयमा गोल खाँदै महत्वपूर्ण अंक गुमाएको थियो ।

    यो हारपछि लिभरपुलको २९ खेलमा ४८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै वोल्भ्सको भने ३० खेलमा १६ अंक भएको छ र लिगमा पुछारमा रहेको छ । यस सिजनमा वोल्भ्सको यो तेस्रो जित हो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij