Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चितवनमा मतपत्र जोगााउन १० फिटको तारजाली

चितवनमा मतपत्र जोगााउन १० फिटको तारजाली

  • चितवन । प्रतिनिधि सभा निर्वाचनको मत गणनाको लागि चितवनमा १० फिट अग्लो तारजाली लगाएर मगतगणना स्थल व्यवस्थापन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    चितवनका मुख्य निर्वाचन अधिकृत न्यायाधीश केदार पौडेलका अनुसार चितवनको तीनवटै निर्वाचन क्षेत्रमा मतपत्र जोगाउनक‍ो लागि १० फिट अग्लो तारजाली लगाएर मतगणनालाई व्यवस्थित गर्न लागिएको हो ।

    AGNI GROUP

    चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा भुवानीशंकर कलेज खैरहनी, क्षेत्र नम्बर २ मा उद्योग संघ चितवनको प्रदर्शनी स्थल, निर्वाचन क्षेत्र नम्बर ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणना स्थल तोकिएको छ ।

    मुुख्य निर्वाचन अधिकृत पौडेलका अनुुसार मतपत्र जोगाउन समस्या नहुने गरेर मतगणनाको व्यवस्थापन गरिएको हो । बिद्युत आपूर्ति सहज बनाउन तारजालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ । भने मतगणना परिसरमा सिसीक्यामरा पनि जडान गरिएको पौडेलले जानकारी दिए ।

    मतगणनाको क्रममा मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मी बाहेक अरु कसैलाई तारजाली भित्र छिर्न नपाउने उनले बताए । उनका अनुसार उम्मेदवारका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुलाई तारजाली बाहिरबाट हेर्न दिइने व्यवस्था मिलाइएको छ ।

    चितवनमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मतगणनाका क्रममा उम्मेदवारका प्रतिनिधिले मतपत्र मुखमा हालेपछि यहाँको मतगणना स्थलमा तारजाली लगाएर व्यवस्थापन गर्न थालिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij