Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जितसँगै तेस्रो स्थानमा उक्लियो म्यानचेस्टर युनाइटेड

जितसँगै तेस्रो स्थानमा उक्लियो म्यानचेस्टर युनाइटेड

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    AGNI GROUP

    म्यानचेस्टर युनाइटेडले १-० ले पछि पछि परेको अवस्थामा पुनरागमन गर्दै जित हासिल गरेको थियो । म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र बेन्जामिन सेस्कोले एक एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसका लागि म्याक्सेन्स लाक्रोक्सले एक गोल गरेका थिए ।

    यस खेलमा खेलको ५६औं मिनेटमा लाक्रोक्सले रातो कार्ड पाएपछि क्रिस्टल प्यालेस १० खेलाडीमा सिमित भएको थियो ।

    यो जितपछि म्यानचेस्टर युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडको २८ खेलमा ५१  अंक रहेको छ । त्यस्तै क्रिस्टल प्यालेसको २८ खेलमा ३५ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij