Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

प्रगतिशील लोकतान्त्रिक पार्टीले कुलमान घिसिङलाई समर्थन गर्ने

प्रगतिशील लोकतान्त्रिक पार्टीले कुलमान घिसिङलाई समर्थन गर्ने

  • काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको गोकर्णेश्वर नगर कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नगर कमिटीले २०८२ फागुन २७ गते जारी गरेको जानकारीअनुसार मुलुकको आर्थिक समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि सक्षम नेतृत्व चयन आवश्यक रहेको उल्लेख गर्दै घिसिङको राष्ट्र निर्माणप्रतिको समर्पण र विकासप्रेमी छविप्रति देखिएको जनचाहनालाई समर्थन गर्ने निर्णय गरिएको जनाएको छ ।

    AGNI GROUP

    विज्ञप्तिमा पार्टीका विभिन्न तहका समिति सदस्य, समर्थक र शुभेच्छुकलाई घिसिङको पक्षमा चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा सक्रिय हुन आग्रह गरिएको छ । साथै, फागुन २९ गते हुने मतदानमा ‘बलको चिम’ चुनाव चिन्हमा मत दिई घिसिङलाई भारी मतान्तरका साथ विजयी बनाउन अपिल गरिएको छ ।

    उक्त जानकारीमा सचिव तारानाथ पुरी, अध्यक्ष नीर कार्की (रवी) र उपाध्यक्ष सुनील लामाको हस्ताक्षर रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij