Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सक्कली वडाध्यक्ष बनेर नक्कली निर्मलरत्नले पैसा मागेपछि !

सक्कली वडाध्यक्ष बनेर नक्कली निर्मलरत्नले पैसा मागेपछि !

  • ललितपुर– ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मल रत्न शाक्यको व्हाट्सएप (WhatsApp) खाता ह्याक गरी अपरिचित व्यक्तिले विभिन्न व्यक्तिसँग पैसा मागेको घटना सार्वजनिक भएको छ।

    onlinepatrika
    Arghakhachi

    वडाध्यक्षका अनुसार उनका नाम र प्रोफाइल प्रयोग गरी “तत्काल आवश्यकता परेको” भन्दै रकम पठाइदिन अनुरोध गरिएको सन्देश धेरैलाई पठाइएको छ। “मेरो व्हाट्सएप ह्याक भएको देखिन्छ। मैले कसैसँग पनि पैसा मागेको छैन,” वडाध्यक्ष शाक्यले अनलाइन पत्रिकालाई बताए। उनले कसैले पनि सन्देशको आधारमा रकम नपठाउन आग्रह गरेका छन्।

    AGNI GROUP

    उनका अनुसार ह्याकरले सम्पर्क सूचीमा रहेका अधिकांश व्यक्तिलाई एकैपटक सन्देश पठाएको अनुमान गरिएको छ। केही व्यक्तिले शंकास्पद सन्देशबारे जानकारी गराएपछि मात्र आफूले घटना थाहा पाएको उनले बताए।

    वडाध्यक्षले घटनाबारे साइबर ब्युरो तथा सम्बन्धित प्रहरी कार्यालयमा उजुरी दिने तयारी भइरहेको जानकारी दिए। “यस विषयमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ,” उनले भने।

    यता प्रहरीले यस्ता घटनामा अपरिचित नम्बर वा सन्देशमार्फत आएको रकम माग्ने आग्रहमा विश्वास नगर्न र आधिकारिक पुष्टि बिना पैसा नपठाउन सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। साइबर अपराध बढ्दै गएकाले सामाजिक सञ्जाल खाताको सुरक्षा मजबुत बनाउन, दुई तहको प्रमाणीकरण (Two-Factor Authentication) प्रयोग गर्न र शंकास्पद लिंक नखोल्न सुझाव दिइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट