Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

श्री स्टील्सको शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त

श्री स्टील्सको शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त

  • काठमाडौं । श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने तयारी थालेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले प्रचलित धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमअनुसार नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि निकट भविष्यमा प्राथमिक शेयर सार्वजनिक गर्ने जनाएको छ ।

    AGNI GROUP

    प्राथमिक शेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा श्री स्टील्स लिमिटेडका प्रबन्ध सञ्चालक राजेश कुमार अग्रवाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको उपस्थितिमा सम्पन्न भएको जानकारी दिइएको छ ।

    श्री स्टील्स लिमिटेड पूर्ण स्वचालित उद्योगका रूपमा सञ्चालनमा रहेको कम्पनी हो, जसले निर्माण क्षेत्रमा प्रयोग हुने टीएमटी रिबार उत्पादन गर्दै आएको छ । भूकम्पीय जोखिम उच्च रहेको नेपालजस्तो देशमा बलिया र सुरक्षित संरचना निर्माणका लागि गुणस्तरीय फलामजन्य सामग्री उत्पादनमा कम्पनीले जोड दिएको जनाएको छ ।

    कम्पनीका अनुसार आधुनिक जापानी प्रविधिमा आधारित उपकरण प्रयोग गरी उच्च गुणस्तरका रड उत्पादन गरिँदै आएको छ । स्वदेशमै उत्कृष्ट उत्पादन बढाएर औद्योगिक विकासमा योगदान पुर्‍याउने, निर्माण सामग्रीमा आत्मनिर्भरता बढाउने तथा रोजगारी सिर्जना गर्ने कम्पनीको मुख्य लक्ष्य रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij