Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ ।
सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको नाफाबाट ९।५ प्रतिशत बोनस शेयर र कर बापत ०।५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव कृष्णराज चौधरीले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउने छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij