Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ग्राहकको सुविधाका लागि नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा

ग्राहकको सुविधाका लागि नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा

  • काठमाडौं । नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकहरुले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा उपलब्ध छ । यो सेवा प्रयोग गरेर एकै पटक दुई हजार, पाँच हजार र १० हजार वटा सम्म सामूहिक सन्देश पठाउन सकिन्छ ।

    onlinepatrika
    Arghakhachi

    एउटै सन्देश धेरै जनालाई पठाउनु पर्ने अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुले पहिलेदेखि नै नेपाल टेलिकमको यो ग्रुप एसएमएस सेवा उपयोग गरिरहेका छन् । यसरी एकै पटक धेरै जनालाई पठाउन सकिने ग्रुप एसएमएस सेवा हालको सन्दर्भमा समेत निकै नै उपयोगी हुन सक्छ ।

    AGNI GROUP

    यस अन्तर्गत १ हजार २ सय ४३ रुपैयाँमा दुई हजार एसएमएस, ३ हजार १ सय ८ रुपैयाँमा ५ हजार एसएमएस तथा ६ हजार २ सय १५ रुपैयाँमा १० हजार एसएमएस पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नु पर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति वा संस्था स्वयं पूर्ण जिम्मेवार हुनु पर्नेछ ।

    यो सेवा प्रयोग गर्नका लागि मोबाइल, डेस्कटप वा ल्यापटपबाट  groupsms.ntc.net.np  लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आवश्यक नम्बरहरु एक्सेल सिटमार्फत अपलोड गर्नुपर्छ । त्यसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिने टेलिकमलका प्रवक्ता रबिन्द्र मानन्धरद्वारा जारी विज्ञपतीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij