Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले देशका सबै समस्या एक्लै समाधान गर्न नसकिने बताएका छन् ।
रुपन्देहीको बुटवलमा आयोजित काँग्रेसको चुनावी सभामा बोल्दै सभापति थापाले मैले एक्लै गर्न सक्छु भन्ने प्रवृतिले देशलाई फेरी दुर्घटनामा लैजाने दाबी गरेका हुन् । सभापति थापा काँग्रेसले देश सम्हाल्ने भन्दै देशलाई सम्हाल्दै गर्दा देशलाई विकासको नयाँ युगमा लैजाने बताए ।
उनले विकास भनेको पूर्वाधार मात्र नभएको भन्दै यसको जरासम्म पुग्नुपर्ने र समस्याको समाधान एउटा व्यक्ति हो भनेर नहुने बताए । उनले देश भित्रै केहि गर्छौं भनेर लागिरहेको भन्दै प्रणाली नबनाएसम्म देश विकास गर्न नसकिने दाबि गरे ।
उनले भने– ’पाँच बर्ष देशले गति पक्डिन्छ, ग्यारेन्टी पकडन्छ, गुड्छ, कुद्छ, तर गुड्दै गर्दा कुददैगर्दा अर्को ग्यारेन्टी पनि के चाहिएको छ, यसले गाडी दुर्घटनामा पार्दैन । त्यसैले हामी स्पिडमा लैजान्छौं तर सुझ बुझका साथमा, हाम्रो गाडीमा सबैलाई हालेर लिएर जान्छौं ।’
उनले चर्को कुरा गरेर मात्र नहुने बताउदै सन्तुलन मिलाएर अगाडी लैजाने ताकत नेपाली काँग्रेससँग भएको बताए । सभापति थापाले नेता कार्यकतालाई सामाजिक सञ्जालमा मात्र नअलमलिन आग्रह गर्दै घर घरमा गएर मतदातालाई बदलिएको काँग्रेसको बारेमा बुझाउन निर्देशन समेत दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij