Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इन्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले उनीहरू पक्राउको पुष्टि गरे । उनीहरूलाई बुद्ध शान्ति गाउँपालिकाबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । उनीहरू फागुन २१ गते हुने निर्वाचनका विरोधमा गतिविधि सञ्चालन गरेको आरोपमा पक्राउ परेका हुन् ।
यसैबिच, पार्टीका कार्यालय सचिव अविरलले प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनात्मक कामका क्रममा रहेका नेतामाथि न्यूनतम लोकतान्त्रिक अधिकारसमेत उल्लङ्घन हुने गरी गैर न्यायिक रूपमा पक्राउ गरिएको आरोप लगाएका छन् ।
विज्ञप्तिमार्फत तत्काल उनीहरुको रिहाइको मागसमेत गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी बहुमत ले पछिल्लो समय निर्वाचन बहिष्कारसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij