Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्से ६ अंकले बढ्यो, कारोबार रकम चार अर्बभन्दा माथि

नेप्से ६ अंकले बढ्यो, कारोबार रकम चार अर्बभन्दा माथि

  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ६.०३ अंकले बढेर दुई हजार ६५४.९३ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.४२ प्रतिशतले बढेको छ । 

    onlinepatrika
    Arghakhachi

    आज ३३५ कम्पनीका एक करोड ५३ हजार कित्ता सेयर चार अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको हो । बुधबार चार अर्ब ३७ करोडको सेयर खरिद–बिक्री भएको थियो ।

    AGNI GROUP

    नेप्सेका १३ समूहमध्ये आज चार समूहको सूचक ओरालो लागेको छ। होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचल फन्ड एक प्रतिशतभन्दा कमले घटेका हुन् । निर्जीवन बिमा समूह १.०९ प्रतिशतले बढ्दा बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ ।

    आज सर्वाधिक कमाउनेमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ता छन् । यी कम्पनीको मूल्य नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । सर्वाधिक गुमाएको श्रीनगर एग्रिटेकको मूल्य तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij