Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दाङमा सिलिन्डर विस्फोट गराएको आरोपमा एक जना पक्राउ

दाङमा सिलिन्डर विस्फोट गराएको आरोपमा एक जना पक्राउ

  • काठमाडौँ । दाङको पातुखोलामा सिलिन्डर विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सुन्दरनगर घर भएका ३९ वर्षीय शेरबहादुर दमाई उर्फ सजक छन् ।

    onlinepatrika
    Arghakhachi

    फागुन ५ मा तुलसीपुर उपमहानगरपालिका–६ र वडा नम्बर–८ को सिमानामा पर्ने पातुखोलामा ग्याँस सिलिन्डर विस्फोट गराइएको थियो । सो घटनामा उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहराले बताए ।

    AGNI GROUP

    आरोपीलाई तुलसीपुरको रावत गाउँबाट पक्राउ गरेर बुधबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको डीएसपी बोहराले जानकारी दिए । अदालतले उनलाई अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij