Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता भएको छ ।
माघ २७ गते साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबीच सम्झौतामा आईएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अलअज्लानले हस्ताक्षर गरे ।
कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी, आईएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आईएमई र टिक्मोका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
यो सम्झौता कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्य रहेको दुवै पक्षको भनाइ छ । सम्झौता भएसँगै आईएमईले टिक्मोमार्फत आईएमई गरौं, उपहार जितौं योजना सार्वजनिक गरेको छ ।
‘चैत १७ सम्म सञ्चालन रहने यो योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीले टिक्मो एप प्रयोग गरेर आईएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहार जित्ने अवसर रहेको छ’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij