Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

शाकिब अल हसनको स्वदेश फर्कने सम्भावना बढ्यो

शाकिब अल हसनको स्वदेश फर्कने सम्भावना बढ्यो

  • काठमाडौँ । बंगलादेश क्रिकेट बोर्डले शाकिब अल हसनसँग सम्बन्धित कानुनी मुद्दाका कागजात सरकारसमक्ष पेश गरेपछि उनको स्वदेश फिर्तीको सम्भावना बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    पूर्व अवामी लिग सांसद समेत रहेका ३८ वर्षीय अलराउन्डर शाकिब सन् २०२४ अगस्टमा शेख हसिनाको सरकार हटेपछि बंगलादेश फर्किएका छैनन् ।

    AGNI GROUP

    शाकिबले घरेलु मैदानमा अन्तिम पटक एकदिवसीय द्विपक्षीय सिरिज खेल्ने इच्छा व्यक्त गर्दै आएका छन् । उनले सन् २०२४ को अन्त्यतिर भारतविरुद्ध कानपुरमा भएको टेस्ट खेलमा अन्तिम पटक राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यसयता उनी विश्वका विभिन्न फ्रेन्चाइज लिगमा सक्रिय रहे पनि करिब डेढ वर्षदेखि राष्ट्रिय टोलीबाट टाढा छन् ।

    युनुस नेतृत्वको सरकारको कार्यकालमा शाकिबविरुद्ध हत्या अभियोगसहित विभिन्न कानुनी मुद्दा दर्ता भएका थिए, जसलाई धेरैले राजनीतिक प्रतिशोधको परिणामका रूपमा हेरेका छन् ।

    बंगलादेश क्रिकेट बोर्डले पाकिस्तानविरुद्ध हुने घरेलु सिरिजका लागि शाकिबलाई टोलीमा फर्काउने इच्छा व्यक्त गरेको छ । युवा तथा खेलकुद राज्यमन्त्री अमिनुल हकले शाकिब र पूर्व कप्तान मशरफे मोर्तजाविरुद्धका कानुनी मुद्दा समाधान गरी उनीहरूलाई क्रिकेटमा फर्काउने वातावरण बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।

    बंगलादेशका ब्याटिङ प्रशिक्षक मोहम्मद अशरफुलले शाकिब सन् २०२७ को विश्वकपसम्म खेल्न सक्ने बताए । यसबीच एकदिवसीय टोलीका कप्तान मेहिदी हसनले पनि शाकिबसँग पुनः सँगै खेल्ने अपेक्षा व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij