Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फागुन १५ गते सार्वजनिक बिदा दिन मगर संघको माग

फागुन १५ गते सार्वजनिक बिदा दिन मगर संघको माग

  • काठमाडौं । नेपाल मगर संघले फागुन १५ गते देशभर सार्वजनिक बिदा दिन माग गरेको छ । फागुन १५ मगर समुदायलाई संगठित र सुसूचित गर्दै जातीय मौलिकतालाई जीवन्त राख्न प्रयत्न गरेको दिन भएकाले सार्वजनिक बिदा दिनुपर्ने संघको माग छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल मगर संघ रुपन्देहीले ४४ औं मगर दिवसको पूर्वसन्ध्यामा बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ मा सार्वजनिक बिदासँगै लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन पनि माग गरेको छ । साथै विद्यालयमा मगर भाषामा पढाइ गर्न र नेपालका प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न समेत संघले माग गरेको छ ।

    AGNI GROUP

    संघका रुपन्देही अध्यक्ष थर्कबहादुर बाह्रघरे मगरले २०३९ साल फागुन १५ गते तनहुँ जिल्लाको दमौलीमा देशैभरिका मगरहरु सहभागी भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरेको दिनमा राष्ट्रिय बिदा दिनुपर्ने मगर समुदायको वर्षौंदेखिको माग रहेपनि बेवास्ता भएको गुनासो गरे ।

    ‘लुम्बिनी प्रदेशमा मगर समुदायको जनसंख्या सबैभन्दा धेरै करिब साढे ७ लाख ९१४.६ प्रतिशत छ, त्यसैले यो प्रदेशमा मगर समुदायको भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षा, राज्यको हरेक संरचना र क्षेत्रमा  समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्छ,’ अध्यक्ष बाह्रघरेले भने, ‘नेपालका प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा र फागुन १५ गते राष्ट्रिय रुपमा सार्वजनिक बिदाको व्यवस्था गर्न राज्यसँग माग गर्दछौं ।’

    आसन्न निर्वाचनको घोषणापत्रमा प्रमुख दलहरुले स्पस्ष्टरुपमा पहिचान र पूर्ण समावेशीताको सवाल नउठाएकोप्रति पनि मगर समुदायको गम्भिर ध्यानाकर्षण भएको उनले बताए ।

    संघका बुटवल उपमहानगर अध्यक्ष लुमबहादुर सारु मगरले बुटवल उपमहानगरमा मगर समुदायको जनसंख्या करिब ३७ हजार ९१८.८ प्रतिशत रहेकाले बुटवल उपमहानगरभित्र फागुन १५ गते विगतका वर्षमा जस्तै सार्वजनिक बिदा दिई सरकारी कार्यालय, शैक्षिक संस्था बन्द गरिदिन माग गरे ।

    मगर दिवसका अवसरमा संघले सरसफाइ, खाद्यान्न वितरण र सांस्कृतिक कार्यक्रम गर्ने अध्यक्ष सारुले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij