Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रिचार्ड पाइबस नियुक्त

अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रिचार्ड पाइबस नियुक्त

  • काठमाडौँ । अफगानिस्तान क्रिकेट बोर्डले रिचार्ड पाइबसलाई अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक गरेको छ । उनी मार्चमा श्रीलंकाविरुद्ध हुने सेतो बल सिरिज अघि टोलीमा सामेल हुनेछन् ।

    onlinepatrika
    Arghakhachi

    इङल्याण्डका ६१ बर्षिय पाइबस विश्वभर सम्मानित क्रिकेट प्रशिक्षक हुन् । उनी तीन पटक आइसीसी विश्वकप जितेका र उच्च प्रदर्शन प्रणाली निर्माणमा अनुभव सम्पन्न रहेका छन् । सन् २०१३- २०१९ मा वेस्ट इन्डिजको हेड कोच र हाई-परफर्मेन्स प्रमुखका रूपमा कार्यरत उनले २०१६ मा पुरुष, महिला र यू१९ टोलीलाई एकै वर्षमा विश्वकप जित्न मद्दत पुर्‍याएका थिए ।

    AGNI GROUP

    उनले पाकिस्तान, बंगलादेश राष्ट्रिय टोलीमा समेत कोचिङ गरेका छन् र दक्षिण अफ्रिकी घरेलु क्रिकेटमा नौ च्याम्पियनसिप जितेका छन् । व्यक्तिगत रूपमा, उनीले मोहम्मद रिजवान, फाफ डु प्लेसिस र डेल स्टेनजस्ता खेलाडी विकासमा भूमिका खेलेका छन् ।

    शैक्षिक रुपमा पनि पाइबस अग्रणी छन् । उनले मिडलसेक्स विश्वविद्यालयबाट डक्ट्रेट, ग्रीनविच विश्वविद्यालयबाट पोस्टग्राजुएट र पोर्ट्समाउथ विश्वविद्यालयबाट बिए अनर्स डिग्री प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij