१. नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ब्याजदर करिडोर लगायतका व्यवस्था यथावत् राखेको छ। पर्यटन, आईटी र निर्यातमूलक उद्योगलाई क्षेत्रगत कर्जामा समेटिनेछ तथा चालु पुँजी कर्जासम्बन्धी व्यवस्था परिमार्जन गरिनेछ।
२. राष्ट्र बैंकका अनुसार मुद्रास्फीति १.७०% मा सीमित छ र विदेशी विनिमय सञ्चिति १८.१ महिनाको आयात धान्न पर्याप्त छ। नीतिगत दर ४.२५% कायम गरिएको छ।
३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेटौंडामा घुस लिएको आरोपमा एक अधिकृत र एक बिचौलियालाई पक्राउ गरेको छ।
४. प्रधानमन्त्री सुशीला कार्कीले ललितपुरमा समाज कल्याण परिषद्को डिजिटल सेवा प्रणाली शुभारम्भ गरिन्।
५. इरानमा सैन्य हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
६. सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।
७. राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
८. फुटबल खेलाडी सावित्रा भण्डारीले उपचारका लागि पर्याप्त सहयोग जुटेकाले थप आर्थिक सहयोग नगर्न आग्रह गरेकी छन्।
९. राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिनेश हुमागाईं कांग्रेस प्रवेश गरेका छन्।
१०. सरकारले फागुन २०–२२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
११. रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन्।
१२. नेप्से २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको छ।
१३. राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनपूर्व गतिविधिप्रति चासो व्यक्त गरेको छ।
१४. नेपाली महिला टोलीले थाइल्यान्डमा फिफा सिरिजअन्तर्गत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
१५. Virginiaमा नेपाली मूलका एक व्यक्तिले परिवारमाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ।
१६. नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको ३ लाख १४ हजार ८ सय पुगेको छ।
१७. प्रधानमन्त्री कार्कीले जेनेभामा मानवअधिकार संरक्षणप्रति नेपालको प्रतिबद्धता दोहोर्याएकी छन्।
१८. हनुमानढोका दरबारमा चीर ठड्याइएसँगै होली पर्व सुरु भएको छ।
१९. मेक्सिकोमा लागूऔषध गिरोह प्रमुख एल मेन्चोको मृत्यु पछि हिंसा चर्किएको छ।
२०. बेलायत प्रहरीले जेफ्री एपस्टाइन प्रकरणमा पूर्व राजदूत पिटर म्यान्डेलसनलाई पक्राउ गरेको छ।


