Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नियुक्त पाँच देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमा सवारी गराइएको थियो ।
ओहोदाको प्रमाणपत्र पेश गर्ने राजदूतहरूमा अष्ट्रेलियाका साइमन जर्ज अर्न्स्ट (आवासीय), साउदी अरबका फहद मोहम्मद अज्मी मनिख्र (आवासीय), जनवादी गणतन्त्र चीनका झाङ माओमिङ (आवासीय), माल्दिभ्सकी आइशथ अजिमा (गैरआवासीय) तथा तुर्किये गणतन्त्रका अली मुरात एर्सोय (गैरआवासीय) रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij