Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. गोपाल भट्टले नेपालले आफ्नै भौगोलिक विशेषता र मानव संसाधनको उपयोग गर्दै ज्ञान–प्रविधिको क्षेत्रमा नयाँ उचाइ चुम्न सक्ने बताएका छन् । “आकाश सीमाना होइन, सम्भावना हो,” उनले भने, “प्रश्न इच्छाशक्ति र दीर्घकालीन नीतिको हो।”
युरोपमा सक्रिय अनुसन्धानमा संलग्न भट्टले भक्तपुरस्थित नगरकोट राष्ट्रिय अब्जर्भेटरी सेन्टर (National observatory) मा पुगेर डोम संरचना, प्रकाश प्रदूषण, मौसमीय स्थायित्व, समुद्री सतहबाटको उचाइ तथा उपकरण व्यवस्थापनको अवलोकन गरे। वेधशालामा जडित Meade LX200GPS दूरबिनमार्फत प्रत्यक्ष आकाशीय परीक्षणसमेत गरिएको थियो। प्रारम्भिक अध्ययनले नगरकोट अनुसन्धानका लागि सम्भावनायुक्त देखिए पनि दीर्घकालीन मौसम तथ्याङ्क, प्रकाश प्रदूषण नियन्त्रण र उपकरण स्तरोन्नति अपरिहार्य रहेको उनले औंल्याए।
अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. गोपाल भट्टले नेपालले आफ्नै भौगोलिक विशेषता र मानव संसाधनको उपयोग गर्दै ज्ञान–प्रविधिको क्षेत्रमा नयाँ उचाइ चुम्न सक्ने बताएका छन् ।
भ्रमणकै क्रममा उनले विज्ञान तथा प्रविधि मन्त्रालय का उच्च अधिकारीसँग भेट गर्दै अन्तरिक्ष अनुसन्धानसम्बन्धी दीर्घकालीन रणनीति, ‘स्पेस पॉलिसी’ निर्माण, पूर्वाधार विकास र वैदेशिक लगानी आकर्षणका विषयमा छलफल गरेका छन्।
“नीति स्पष्ट र कार्यान्वयन दृढ भए नेपाल क्षेत्रीय अनुसन्धान केन्द्र बन्न सक्छ,” उनको भनाइ थियो। अमेरिका र युरोपमा रहेका नेपाली वैज्ञानिकहरू मातृभूमिमा योगदान दिन इच्छुक रहेको उल्लेख गर्दै उनले पारदर्शिता, विश्वास र सहकार्यको वातावरण बने ज्ञान, प्रविधि र लगानी स्वदेशतर्फ आकर्षित हुन सक्ने बताए।
कार्यक्रमको समन्वय बीपी मेमोरियल अब्जर्भेटरी सेन्टर का कार्यकारी निर्देशक डा. सनत शर्मा ले गरेका थिए। विश्लेषकहरूका अनुसार, वैज्ञानिक सञ्जाल र नीतिगत संरचनाबीच प्रभावकारी समन्वय हुन सके नेपालले विज्ञान तथा प्रविधिमा गुणात्मक फड्को मार्ने आधार तयार हुन सक्छ ।
को हुन् डा. गोपाल भट्ट ?
डा. गोपाल भट्ट एक नेपाली मूलका अन्तर्राष्ट्रिय स्तरका खगोल भौतिकशास्त्री (Astrophysicist) हुन्। उहाँ विशेषगरी ब्ल्याक होल (Black Hole), गुरुत्वाकर्षण तरंग (Gravitational Waves), र ब्रह्माण्डको संरचना सम्बन्धी अनुसन्धानमा संलग्न हुनुहुन्छ। डा. भट्ट विशेषगरी उच्च-ऊर्जा खगोल विज्ञान र बहु-संदेश (multi-messenger) खगोल विज्ञानमा विशेषज्ञ । उहाँ अहिले Institute of Astronomy, University of Zielona Gora, Poland मा प्रोफेसरको रूपमा कार्यरत हुनुहुन्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij