Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जय ट्रफी

एपीएफमाथि पुलिस क्लबको ९ विकेटको जित

एपीएफमाथि पुलिस क्लबको ९ विकेटको जित

  • काठमाडौँ । जारी जय ट्रफी अन्तर्गत नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । मंगलबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ९ विकेटले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    एपीएफले दिएको ११३ रनको लक्ष्य पछाएको पुलिस क्लबले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । पुलिसको जितमा कुशल भुर्तेलले अविजित ७१ रन बनाएका थिए ।

    AGNI GROUP

    यसअघि एपीएफले पहिलो इनिंगमा १८५ रन बनाएको थियो भने पुलिस क्लबले ७ विकेट गुमाएर २७७ रन बनाएर इनिंग घोषणा गरेको थियो । त्यसपछि एपीएफले दोस्रो इनिंगमा २०४ रन बनाएर अल आउट भएको थियो ।

    २–२ खेलपछि एपीएफ ३८ अंकसहित शिर्ष स्थानमा छ भने पुलिस क्लब ३७.५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    अब नेपाल पुलिस क्लबले अर्को खेल विहिबारदेखि बागमती प्रदेश विरुद्ध खेल्ने छ भने एपीएफले त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij