Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा माले दाङले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।
सहमतिअनुसार दाङका तीनवटै निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारहरुलाइ मतदान गर्ने र आगामी स्थानीय र प्रदेश निर्वाचनमा पनि माले र एमाले पार्टीबीच सहकार्य गरिने भएको हो ।
नेकपा मालेका पोलिटब्युरो सदस्य महेन्द्र शाह, जिल्ला सचिव नेत्र प्रकाश पान्डे तथा नेकपा (एमाले)का लुम्बिनी प्रदेश कमिटीका सदस्य हुकुमबहादुर बस्नेत र एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी बीच आज मंगलबार लिखित सहमति भएको हो ।
दाङ क्षेत्र नम्बर १ मा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य रेवतिरमण शर्मा, २ मा महासचिव शंकर पोखरेल र ३ मा पार्टी केन्द्रीय सदस्य घनस्याम पाण्डे छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij