Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साम्बाको उपचारका लागि अनेरास्ववियुले थाल्यो सहयोग अभियान

साम्बाको उपचारका लागि अनेरास्ववियुले थाल्यो सहयोग अभियान

  • काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि आर्थिक सहयोग अभियान थालेको छ ।

    onlinepatrika
    Arghakhachi

    अनेरास्ववियुले आर्थिक संकलनका लागि ‘हिल साम्बा’ सहयोग अभियान सुरु गरेको हो । देशभर रहेका तहगत कमिटीहरूलाई सक्रिय रूपमा परिचालन भई समन्वित, पारदर्शी र उत्तरदायी ढंगले सहयोग संकलन अभियान सञ्चालन गर्न निर्देशन गरिएको अनेरास्ववियुले जनाएको छ ।

    AGNI GROUP

    अनेरास्ववियुका अध्यक्ष दीपक धामी आफैंले पनि ५ हजार रुपैयाँ सहयोग गरेको स्क्रिनशटसहित सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै आर्थिक सहयोग गर्न सोमबार सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् ।

    साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ । अहिले साम्बालाई देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij