Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

वैवाहिक बन्धनमा बाँधिए क्रिकेटर केसी र पत्रकार बस्नेत

वैवाहिक बन्धनमा बाँधिए क्रिकेटर केसी र पत्रकार बस्नेत

  • काठमाडौं । अन्ततः नेपाली राष्ट्रिय टिमका तिब्र गतिका बलर तथा अलराउण्डर करण केसी तथा पत्रकार वर्षा बस्नेतले लगनगाँठो बसेका छन् । पत्रकार बस्नेतले सामाजिक सञ्जालमा आफ्नो वैवाहिक समारोहका केही तस्विरहरु शेयर गर्दै एउटा नोटसमेत लेखेकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    भारतको चण्डिगढ लोकेशन राख्दै शेयर गरिएको पोष्टमा पत्रकार बस्नेतले आफ्नो जीवनको सबेभन्दा सुन्दर अध्याय आजदेखि प्रारम्भ भएको उल्लेख गरेकी छिन् ।

    AGNI GROUP

    उनले लेखेकी छिन्– ‘हाम्रो जीवनको सबैभन्दा सुन्दर अध्याय आजदेखि प्रारम्भ हुँदैछ । वर्षौँको माया, समझदारी, धैर्यता तथा एक–अर्काको साथमा हरेक उतार–चढाव पार गर्दै अन्ततः हामी हाम्रो सधैँको यात्रामा पाइला चाल्दैछौँ ।’

    पत्रकार बस्नेतले ‘कहिलेकाहिँ परिस्थितिले हामीलाई परीक्षा लियो, कहिलेकाहिँ ती क्षणहरूले नै हाम्रो सम्बन्धलाई अझ बलियो बनाए’ भन्दै लेखेकी छिन्– ‘हाम्रा दिनहरू हाँसोले भरिए, चुनौतीहरूले हाम्रो सम्बन्धलाई अझ गहिरो बनायो । यी सबैबीच हामीले हरेक पटक एक–अर्कालाई रोज्यौं—फेरि र फेरि । र यही रोजाइले आज हामीलाई यहाँसम्म ल्याएको छ ।’

    ‘यो दिन सधैँ साधारण र आत्मीय बनोस् भन्ने हाम्रो चाहना थियो—केवल हामी दुई’, प्रेमिल नोटमा पत्रकार बस्नेतले भनेकी छिन्– ‘अब जब हामी हातमा हात समाएर यो नयाँ यात्रामा अघि बढ्दैछौं, हामीसँग वर्षौँका मिठा सम्झनाहरू र जीवनभर निभाउने वाचा छन् । हामी सधैं सँगै रहने यो यात्राको सुरुवात गर्दै गर्दा तपाईंहरूको माया र आशीर्वादको विनम्र अनुरोध गर्दछौं ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij