Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गरेका छन्। चौलागाईंले रास्वपाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको बताएका छन् ।
रास्वपा विरोधकै राजनीतिमा सीमित रहने, व्यवहारमा भन्दा भाषणमा बढी केन्द्रित शैली चित्त नबुझेको भन्दै उनले पार्टी त्याग्न पुगेको बताएका हुन् ।
उनले पार्टीमा जनताको प्रत्यक्ष सुखदुःखमा जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्यदिशा आवश्यक रहेको धारणा राखेका छन् ।
रास्वपाको संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईं लामो समयदेखि पार्टीको संगठन विस्तार र निर्वाचन परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij