Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्सबिच छुट सम्झौता भएको छ । यस बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई छुट दिने सम्झौता गरिएको हो ।
शुक्रबार भएको सम्झौतामा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्सका तर्फबाट ल्याब निर्देशक वेदप्रकाश मिश्रले हस्ताक्षर गरेका हुन् ।
सम्झौताबमोजिम बैंकका ग्राहकले भक्तपुर– ९, राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्समा प्याथोलोजी ल्याबका विविध सेवा शुल्कमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । यो सहयकार्यबाट बैंकका ग्राहकले उक्त ल्याबबाट प्रदान गरिने छुटको लाभ उठाउन सक्नेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij