Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    हाल तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको भईरहेको छ ।

    AGNI GROUP

    आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी  भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र  गण्डकी प्रदेशको उच्च पहाडी र  हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij