Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रिय लिगका खेल आजबाट पुनः शुरु

राष्ट्रिय लिगका खेल आजबाट पुनः शुरु

  • काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी एन्फा राष्ट्रिय लिगका खेलहरू आजबाट पुनः सञ्चालन हुनेछन् । 

    onlinepatrika
    Arghakhachi

    मोफसलका प्रतियोगिताहरूका लागि केही समयको ब्रेकपछि राष्ट्रियले पुनः सञ्चालन हुन लागेको हो । 

    AGNI GROUP

    राष्ट्रिय लिगका आज दुई खेल हुनेछन् पहिलो खेलमा नेपाल एपीएफ क्लब र जनजागृति क्लब बीच खेल हुनेछ। एपीएफ र जनजागृतिले आज दिउँसो १२:१५ मा एन्फा कम्प्लेक्समा खेल्नेछन् । त्यस्तै , दोस्रो खेल न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङदि बीच दिउँसो ४ बजे हुनेछ ।

    यस प्रतियोगितामा ए डिभिजनका १३ क्लब र एन्फा प्रेसिडेन्ट लिगको शीर्ष ४ गरी १७ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

    राष्ट्रिय लिगमा मछिन्द्र क्लब ६ खेलमा १६ अंकसहित शिर्ष स्थानमा छ भने लालीगुँरास क्लब ६ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै एपीएफ ५ खेलमा १३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै नव जान जागृति युवा क्लब ५ खेलमा सबै खेल हारेर पुछारमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij