Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वराजाको सन्देशपछि यी उम्मेदवार पछि हटे

पूर्वराजाको सन्देशपछि यी उम्मेदवार पछि हटे

  • काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका आनन्द कार्की (राजीव) ले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले निर्वाचन आयोग तथा भक्तपुर २ का मुख्य निर्वाचन अधिकृतलाई पत्र लेख्दै आफ्नो उम्मेदवारी फिर्ता सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले आफू राजसंस्थाको पक्षधर रहेको र विगत एक दशकभन्दा बढी समयदेखि राजा तथा राजसंस्था पुनःस्थापनाको अभियानमा सक्रिय रूपमा संलग्न रहदै आएको बताउँदै हालै पूर्वराजाबाट आएको वक्तव्यको सम्मानस्वरूप उम्मेदवारी फिर्ता लिने र निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताएका छन् ।

    AGNI GROUP

    प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आएको पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन आयोग तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखेर उनले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij