Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट चुनावी सभा स्थगित गर्न निर्देशन आएको बताए ।

    AGNI GROUP

    संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ ।

    प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो । गएराति दाङमा रास्वपा समर्थकहरुले नेकपा एमालेको झण्डा जलाएको र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनाका कारण रुपन्देहीको सभा स्थगित भएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।

    रास्वपा समर्थकहरुले पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै एमाले कार्यकर्ताहरु रुष्ट छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij