Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपा छोडेका प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश

रास्वपा छोडेका प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश

  • काठमाडौं । केहि दिन अगाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका  केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा नेपाली कांग्रेस प्रवेश गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    विहिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन्। 

    AGNI GROUP

    राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र -५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए । राणा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट काठमाडौँ- ५ को उम्मेदवार बनेर ५ हजार ४७७ मत प्राप्त गर्दै तेस्रो भएका थिए ।

    रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्धति मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए । 

    त्यस्तै काठमाडौंको क्षेत्र नम्बर ३ मा बलियो प्रभाव रहेका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij