Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए) ले संस्कृति अन्तर्राष्ट्रिय विद्यालयकी संस्थापक निर्देशक दिप्ती आचार्यलाई सन् २०२५–२०२६ कार्यकालका लागि नेपाल तथा एशिया–प्रशान्त क्षेत्रको आईसीए दूत (एम्बेसडर) नियुक्त गरेको छ ।
आचार्यले नेपाल र छिमेकी देशहरूमा अन्तर्राष्ट्रिय प्रारम्भिक वर्ष पाठ्यक्रम (आईईवाईसी), अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) र अन्तर्राष्ट्रिय माध्यमिक वर्ष पाठ्यक्रम (आईएमवाईसी) कार्यान्वयन गरिरहेका विद्यालयहरूसँग सहकार्य, तालिम सञ्चालन र शैक्षिक सञ्जाल विस्तार गर्नेछिन् ।
विश्वका ९० भन्दा बढी देशका एक हजारभन्दा बढी विद्यालयसँग सहकार्य गर्दै आएको आईसीएले आचार्यको दुई दशक लामो प्रगतिशील शिक्षाप्रतिको योगदानलाई सम्मान गर्दै यो जिम्मेवारी दिएको जनाएको छ । उनको नेतृत्वमा Sanskriti International School दक्षिण एसियामै पहिलोपटक प्रतिष्ठित अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) मान्यता प्राप्त गर्ने विद्यालय बनेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij